बिहीबार, वैशाख ३, २०८३

निकुञ्जमा प्रकृतिक कारणले धेरै बाघ मरे

 |  मंगलबार, जेठ २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २२, २०८१

चितवन- चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मृतावस्थामा बाघ भेटिने क्रम बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष प्राकृतिक कारणबाट धेरै बाघ मरेका निकुञ्ज कार्यालयले जनाएको छ।

National life

गत आवमा तीनवटा मृत भेटिएकामा यस आवमा भने सातवटा बाघ मृतावस्थामा भेटिएका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार सबैजसो बाघ प्राकृतिक कारणले मरेका हुन्। तिमध्ये अधिकांश एकापसमा जुधेर मरेका हुन्। बाघ एक्लै बस्न रुचाउने जनावर भएकाले बासस्थानको रक्षा र आहाराको खोजीका क्रममा एकापसमा जुध्ने गरेको उनले बताए।

‘बाघको सङ्ख्या बढ्दा बासस्थानको खोजीका क्रममा जुध्ने गरेका छन्। अहिलेसम्म बूढो भएर र जुधेर मरेका बाघ मात्रै भेटिएका छन्। चोरी सिकारी र बिरामी भएर यो वर्ष बाघ मरेका छैनन’, उनले भने। बाघको हाडखोर मात्रै भेटिने भएकाले भाले पोथी छुट्याउन कठिन हुने गरेको उनले बताए।

निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले नियमित गस्ती बढाएसँगै निकुञ्ज र आसपासका क्षेत्रमा बाघ बढी सङ्ख्यामा मृत भेटिएका हुन्।

सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा वयस्क बाघ रहेका छन्। देशभर बाघको सङ्ख्या तीन सय ५५ रहेको छ।     -रासस

kumari

प्रकाशित: Jun 04, 2024| 20:31 मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्