सोमबार, असार २, २०८२

नरेन्द्र मोदी तेस्रोपटक वाराणसीबाट निर्वाचित 

 |  मंगलबार, जेठ २२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २२, २०८१

vianetvianet

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो पटक वाराणसीबाट लोकसभा सदस्य निर्वाचित भएका छन्। 

मंगलबार साँझ सम्पन्न मतगणनाबाट वाराणसीमा भारतीय जनता पार्टीका उम्मेदवार रहेका प्रधानमन्त्री मोदी करिब डेढ लाख मतान्तरले विजयी भएका हुन्। त्यहाँ कंग्रेस आईले अजय रायलाई उम्मेदवार बनाएको थियो। राय लगातार दोस्रो पटक मोदीसँग पराजित भएका हुन्। 

सन् २०१९ को निर्वाचनमा मोदी रायलाई हराएर ६ लाख ७४ हजार भन्दा बढी मत ल्याएर निर्वाचित भएका थिए।

प्रकाशित: Jun 04, 2024| 18:12 मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्