सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महासमितिमा भाँडभैलो, ‘शीर्ष सहमति’लाई केन्द्रीय सदस्यले मानेनन्

महासमितिमा भाँडभैलो, ‘शीर्ष सहमति’लाई केन्द्रीय सदस्यले मानेनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– कांग्रेसका केन्द्रीय पदाधिकारी र संख्याको विषयमा भएको सहमति भाँडिएपछि महासमिति बैठक अन्योलमा परेको छ । कांग्रेसका शीर्ष नेताहरुले गरेको सहमति केन्द्रीय सदस्यले नमानेपछि बैठक भाँडिएको हो।

मंगलबार शीर्ष नेताबीचको बैठकमा भएको सहमतिका विषयमा बुधबार केन्द्रीय सदस्यहरुले विरोध जनाएपछि बैठक अन्योलमा परेको हो । 

मंगलबार शीर्ष नेताहरुबीचको बैठकमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री निर्वाचित गर्ने र एक कोषाध्यक्ष तथा एक प्रवक्ता मनोनित गर्ने सहमति भएको थियो । 

तर, बुधबार दिउँसो बसेको केन्द्रीय कार्यसमितिको बैठकमा भने केन्द्रीय सदस्यहरुले पदाधिकारीहरुमा समानुपातिक प्रतिनिधित्व चाहिन्छ भनेर माग गरेका छन् । पदाधिकारीमा समानुपातिक प्रतिनिधित्वको माग गर्ने सभापति शेरबहादुर देउवा पक्षधर केन्द्रीय सदस्य छन् ।

थप पढ्नुहोस्, सोचेजस्तो भएन 'महासमिति' 

बैठकमा मनबहादुर बस्नेत, वीरबहादुर बलायर, महेन्द्र यादव लगायतले पदाधिकारीले समानुपातिक प्रतिनिधित्वको माग गरेका थिए । 

शीर्ष नेताहरुको सहमतिमा केन्द्रीय सदस्यले विरोध गरेपछि बैठक साँझ ६ बजेसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले नेपाल समयलाई जानकारी दिए । 

केन्द्रीय समितिको बैठकका कारण नौ बजे सुरु भएको महासमिति बैठक १२ बजे स्थगित भएको थियो । अब फेरि बैठक बोलाउने तयारी भएको बताइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।