आइतबार, फागुन १७, २०८२

पाकिस्तानको कोइला दुर्घटना हुँदा ११ जनाको मृत्यु

 |  मंगलबार, जेठ २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २२, २०८१

कराची- पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको कोइला खानीमा सोमबार ग्याँस चुहावट भई दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको एक अधिकारीले बताएका छन्।  

खानीमा ग्याँस चुहावट भए पछि श्वासप्रश्वासमा असहज भएका कारण मृत्यु भएको प्रान्तीय सरकारको खानी विभागका प्रमुख अब्दुल घानी बलोचले बताए। उनका अनुसार मृतकमा एक ठेकेदार र एक खानी प्रबन्धक पनि थिए। निजी कम्पनी युनाइटेड कोल कम्पनीद्वारा सञ्चालित यो खानी प्रान्तीय राजधानी क्वेटाबाट ४० किलोमिटर टाढा अवस्थित छ।

मार्चमा सोही प्रान्तमा ग्याँस विस्फोट हुँदा १२ जना खानी मजदुरको मृत्यु भएको थियो।

बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठुलो र सबैभन्दा गरिब प्रान्त हो जुन प्राकृतिक स्रोतहरूमा धनी भएता पनि यसलाई स्थानीयले लामो समयदेखि आफ्नो समुदायबीच निष्पक्ष रूपमा नबाँडिएको भनेर गुनासो गर्दै आएका छन्।   -एएफपी

प्रकाशित: Jun 04, 2024| 15:12 मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्