बिहीबार, वैशाख ३, २०८३

हुरीले ढालेको रुखले लाग्दा एक जनाको मृत्यु

 |  मंगलबार, जेठ २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २२, २०८१

National life
kumari

नवलपरासी- नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुखले लाग्दा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडलका अनुसार आज बिहानको हुरीले रुख ढालेको रुखले लागेर  थापाको मृत्यु भएको हो।

वनमा उद्धार गर्न गएका सुरक्षाकर्मीले उनलाई मृतावस्थामा फेला पारेका हुन्। थापाको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको छ। 

प्रकाशित: Jun 04, 2024| 14:02 मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्