बिहीबार, वैशाख ३, २०८३

स्थानीय वायु सक्रिय, काठमाडौंमा हावाहुरीसहित वर्षा

 |  मंगलबार, जेठ २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २२, २०८१

National life
kumari

काठमाडौं- स्थानीय वायु सक्रिय हुँदा काठमाडौंमा हावाहुरीसहित वर्षा भएको छ। वर्षा भएपछि गर्मीबाट पनि राहत मिलेको छ।

दाङदेखि विकास भएको स्थानीय वायु प्रणालीले हावाहुरी र वर्षा निम्त्याएको हो। अहिले काठमाडौं उपत्यका लगायत मकवानपुर आसपास वर्षा भइरहेको छ। मधेसका बारा, पर्सा जिल्लामा पनि मध्यम वर्षा भइरहेको छ।

मनसुनी वायु भने भारतको सिक्किम आसपास आइपुगेको छ। नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

प्रकाशित: Jun 04, 2024| 11:31 मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्