मंगलबार, जेठ १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ग्यास लिक हुँदा बेंग्लोरमा एकै परिवारका पाँच नेपालीको मृत्यु

ग्यास लिक हुँदा बेंग्लोरमा एकै परिवारका पाँच नेपालीको मृत्यु

 |  मंगलबार, जेठ २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २२, २०८१
National life
Shivam cement

काठमाडौं- भारतको कर्नाटक राज्यस्थित बेंग्लोरमा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका पाँच जना नेपालीको मृत्यु भएको छ। \

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार बेंग्लोरस्थित यलहंका भन्ने ठाउँमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा बझाङ जयपृथ्वी नगरपालिका–११ निवासी ३२ वर्षीय मदन बोहराको परिवारका पाँच सदस्यको मृत्यु भएको हो। 

मृत्यु हुनेमा मदनका साथै उनकी पत्नी ३० वर्षीया प्रेमजला, छोरीहरू ११ वर्षीया निता र आठ वर्षीया अनिता तथा चार वर्षीय छोरा प्रशान्त रहेका छन्। 
 

प्रकाशित: Jun 04, 2024| 06:31 मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्