बुधबार, पुस ९, २०८२

ओलीको तस्बिरमा बालेनको कमेन्ट- गुडनाइट केपी बा

 |  सोमबार, जेठ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २१, २०८१

सोमबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले अध्यक्ष केपी ओलीलाई नै सम्बोधन गरेर फेसबुकमा स्टाटस लेखे, जसमा ओलीमाथि गिरीबन्धु टी इस्टेटको जग्गा सट्टालाई लिएर गम्भीर आरोप लगाएका छन्।

National life

गिरीबन्धु टी इस्टेटको जग्गा सट्टा प्रयासको नीतिगत घोटलामा ओलीको सहभागिता रहेको भन्दै उनले त्यसलाई लुकाउन न्युरोडको विषय उछालेको दाबी गरेका छन्।

‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नुभएछ’ बोलनले लेखेका छन्, ‘…अनि समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला। नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला।’ बालेनले ओलीलाई फेरि जेल जानुपर्ला भनेर समेत चेतावनी दिएका छन्।

बालेनको यो स्टाटसप्रति ओली कति क्रुद्ध छन् भन्ने कुरा आजै अपराह्नको उनको अभिव्यक्तिबाट देखियो। सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले 'गिरीबन्धु टी–स्टेटको कुरा आइरहेको छ नि' भनेर सञ्चारकर्मीले जिज्ञासा राखेका थिए। जवाफमा ओलीले आक्रोशित हुँदै भने- बालेनलाई सोध्नू। त्यसपछि उनी केही नबोली गाडीमा चढे। 

बालेन-ओली सम्बन्ध चिसिएको चर्चा चलिरहँदा आजै बेलुका रमाइलो दृष्य देखियो। ओलीले फेसबुकमा पत्नीसहितकव तस्बिर राख्दै लेखे- फेसबुक नहेरेको पनि झण्डै एक साता पुग्न लागेछ। राधिका र म गोसाइँकुण्ड जाँदाको फोटो मोबाइलको फोटो ग्यालरीमा भेटियो। यो गर्मीमा गोसाइँकुण्ड सम्झँदा पनि शीतल महसुस हुन्छ। शुभ रात्रि!

Laxmi sunrise bank
kumari

त्यसमा मेयर बालेनले स्माइली इमोजीसहित कमेन्ट गरे- ओहो, गुडनाइट केपी बा। ह्याभ अ स्वीट ड्रिम। 

ओलीले फेसबुक नहेरेको एक साता पुगेको भने पनि उनले आज गिरीबन्धुको बारेमा बालेनलाई सोध्नु भनेर दिएको प्रतिक्रिया उनको फेसबुक स्टाटस हेरेरै दिएको प्रष्ट हुन्छ।

प्रकाशित: Jun 03, 2024| 21:45 सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्