बुधबार, पुस ९, २०८२

विद्यार्थी कुट्ने शिक्षक पक्राउ

 |  सोमबार, जेठ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २१, २०८१

पोखरामा गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई निलडाम हुने गरेर कुट्ने शिक्षकलाई कास्की प्रहरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका–६ खोलाको छेउ बस्ने सुदीप अधिकारी रहेका छन्।

National life

उनी पोखरा महानगरपालिका–३२ मा रहेको युनिभर्स इङ्लिस बोर्डिङ स्कुलका शिक्षक हुन्। जेठ १३ गते कक्षा ५ मा अध्ययनरत ९ वर्षीय विद्यार्थीलाई गृहकार्य नगरेको र अक्षर नराम्रो भएको भन्दै मरणोसन्न हुने गरेर कुटेका थिए।

बालकको संवेदनशील भागमा लठ्ठीले कुटेर घाइते बनाएको भन्दै अभिभावकले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो। आइतबार पक्राउ परेका अधिकारीलाई जिल्ला अदालत कास्कीले ५ दिनको म्याद थपेर अनुसन्धान पक्रिया अगाडि बढाउन अनुमति दिएको छ।

बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गत मुद्दामा अनुसन्धान भइरहेको छ। यो कसुरमा एक वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ।

प्रकाशित: Jun 03, 2024| 19:25 सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्