आइतबार, भदौ ७, २०८३

कान्ति लोकपथ जेठ २५ देखि पूर्ण रुपमा खुला रहने

 |  सोमबार, जेठ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २१, २०८१

मकवानपुर- कान्तिलोकपथ सकड यही जेठ २५ गतेदेखि पूर्णरुपमा खुला हुने भएको छ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले गत बैशाख २१ गतेबाट बन्द रहेको उक्त सडक पूर्णरुपमा सञ्चालनमा आउने भएको बताइन्।

उक्त सडक आज साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र बिहान ९ देखि १२ बजेसम्म खुल्ला हुनेछ भने आज दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म उक्त सडक बन्द हुने प्रवक्ता भण्डारीले जानकारी दिइन्।

ललितपुरको बागमती गाउँपालिका-२ रातोभिरस्थितमा सडक निर्माण गर्ने क्रममा ढुंगा माटो धेरै झरी सडक भाँसिएकाले बन्द रहेको उक्त सडक सडक पूर्णरुपमा बन्द भएको थियो। रासस

प्रकाशित: Jun 03, 2024| 18:31 सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्