बुधबार, पुस ९, २०८२

कनकासुन्दरीका किसानलाई भेडा वितरण

 |  सोमबार, जेठ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २१, २०८१

जुम्ला- जुम्लाको कनकासुन्दरी गाउँपालिकाले किसानलाई भेडा वितरण गरेको छ। आर्थिक वर्ष २०८०–८१ को बजेटबाट कनकासुन्दरी–७ का १८ किसानलाई भेडा वितरण गरिएको कनकासुन्दरी गाउँपालिको पशुपंक्षी विकास शाखाका प्रमुख लालबहादुर रावतले बताए।

National life

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सात लाख, लाभग्राहीबाट चार लाख २० हजार र कनकासुन्दरीको दुई लाख ८० हजारको लागतमा भेडा खरिद गरिएको थियो।

गडुनानी साझेदारी भेडा पकेट समूहले ९० भेडा र दुई थुमा खरिद गरेर किसानलाई वितरण गरिएको हो। उक्त समूहका २७ सदस्यमध्ये पहिलो पटकमा १८ किसानलाई भेडा वितरण गरिएको हो।

जिल्ला अन्य स्थानीय तहभन्दा कनकासुन्दरीमा भेडापालनको उपयुक्त ठाउँसमेत हो। पालिकामा भेडा पकेट कार्यक्रम रहेकाले यसभन्दा पहिलेका वर्षहरुमा पनि अन्य वडामा पनि भेडा वितरण गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यको भनाइ छ।

यसैबीच, पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार जुम्लामा अहिले ८४ हजार तीन सय ८८ भेडा रहेका छन्।

Laxmi sunrise bank
kumari

यसैगरी बाख्राको सङ्ख्या ४६ हजार तीन सय ६ रहेको कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए। जिल्लामा ६९ हजार हेक्टर चरन क्षेत्र रहेको छ। कार्यालयबाट भेडापालक किसानलाई विभिन्न किसिमका सीपमूलक तथा प्राविधिक तालिम दिँदै आएको कार्यालयले जनाएको छ।

पछिल्लो समयमा जुम्लाका स्थानीय भेडापालनमा आकर्षित हुन थालेका छन्। बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडापालनमा आकर्षित भएको पातारासीका मुनबहादुर ऐडीले बताए।

प्रकाशित: Jun 03, 2024| 22:01 सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्