बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • गोदावरीका मेयर महर्जनसहित ९ जनाविरुद्ध ७७ करोडको भ्रष्टाचार मुद्दा

गोदावरीका मेयर महर्जनसहित ९ जनाविरुद्ध ७७ करोडको भ्रष्टाचार मुद्दा

 |  सोमबार, जेठ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २१, २०८१

काठमाडौं- ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

National life

विशेष अदालत काठमाडौंमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो। महर्जनले चार आर्थिक वर्षमा नदीजन्य पर्दाथको निकासीमा भ्रष्टाचार गरेको ठहर अख्तियारको छ।

२०७४ सालमा पहिलोपटक कांग्रेसबाट निर्वाचित भएका महर्जन दोस्रोपटक २०७९ को चुनावमा पनि निर्वाचित भएका थिए। उनले आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ गरी चार आर्थिक वर्षमा खानी तथा नदीजन्य पदार्थहरु ढुंगा, गिट्टी, बालुवा, बेस, चिप्स निकासीमा बागमती प्रदेशले निर्धारण गरेको न्यूनतम मूल्यभन्दा कममा ठेक्का लगाई भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

मेयर महर्जनले नदLजन्य पदार्थको बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गर्दा नेपालको संविधान, संघीय ऐन, बागमति प्रदेश ऐन, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ समेतको प्रचलित कानूनलाई बेवास्ता गरेको दाबी अख्तियारको छ। बागमती प्रदेश (तत्कालीन प्रदेश नं.३) को प्रदेश आर्थिक ऐन, २०७७ ले निर्धारण गरेको राजस्व दर प्रति घनफिट ९ भन्दा घटी २.७५ मात्र राजस्व दर निर्धारण गराइ ठेक्का सम्झौता गरेका थिए।

यसबाट राज्यलाई आर्थिक वर्ष २०७५/७६ मा राज्यलाई १७ करोड २८ लाख ९० हजार, २०७६/७७ मा २१ करोड २१ लाख, ७९ हजार घाटा भएको छ। त्यस्तै २०७७/७८ मा १८ करोड ६३ लाख २१ हजार र २०७८/७९ मा २० करोड ४९ लाख, ५३ हजार राज्यलाई घाटा पुगेको आयोगको दाबी छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 03, 2024| 17:28 सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्