बिहीबार, वैशाख ३, २०८३

बाउबाजेबाट सिकेको बाँसको सीपले स्वरोजगार

 |  सोमबार, जेठ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २१, २०८१

दाङ- घोराही उपमहानगरपालिका-७ सौडियारका ढाटु चौधरी बाँसका चोयाबाट विभिन्न सामाग्री बुनेर स्वरोजगार बनेका छन्। 

National life

बुबा-बाजेबाट सिकेको सीपबाट बाँसका सामग्री बनाएर जीवीको चलाउन सहज भएको उनले बताए। उनले बाँसका चोयाबाट स्याङो, गैजा र छातालगायतका सामग्री बुन्ने गर्छन्। गैजा घाँस तथा तरकारी बोक्न प्रयोग हुने गरेको छ। 

'एउटा गैजालाई तीन सयमा र स्याङोलाई पाँच सयमा बिक्री गर्ने गरेको छु। गाउँघरमा नै बिक्री हुने गरेकाले बजार खोज्न धेरै टाढा जानुपरेको छैन', उनले भने, 'मेहनत गरेमा आम्दानीको साथै समय सदुपयोग र स्वरोजगार बन्न सहज भएको छ।'

दिनमा चारवटासम्म गैजा बुन्ने गरेका चौधरीले तिनको बिक्रीबाट १२ सय रुपैयाँ आम्दानी गर्छन्। 'अहिलेसम्म बुनेका सामाग्री बिक्री हुँदैनन् कि भनेर चिन्ता गर्नुपरेको छैन। धेरै स्थानीयले आफ्नो बाँस दिएर बुन्न लगाउनुहुन्छ, त्यसमा पनि पैसा आउँछ', चौधरी भन्छन्, 'स्थानीय सरकारले घरेलु सामग्रीलाई प्रोत्साहन गर्ने नीति लिएमा व्यावसायीकरूपमा काम अगाडि बढाउने सोच छ।'

घरमै बसेर फुर्सदको समय सदुपयोग हुनुका साथै आम्दानी पनि गर्न सकिने यो पेशामा पछिल्लो पुस्ता भने आकर्षित छैन। उनलाई पछिल्लो पुस्ताले यो सीप सिक्न नचाहेको देख्दा आफूसँगै लोप पो हुन्छ कि भन्ने चिन्ता लागेको छ।

kumari

'मैले मेरा बुबाबाजेबाट सीप सिके आफ्नो गर्जो टार्न सहज भएकै छ। अहिले त लगानी गरेमा व्यावसायिकरूपमा काम अगाडि बढाउन सकिन्छ तर नयाँ पुस्ताले सीप सिक्न चासो राखेका छैनन्। अब स्थानीय सरकारले यस्ता परम्परायत सीपको प्रवर्द्धन गर्न जरूरी छ',  चौधरीको अनुरोध छ। रासस

प्रकाशित: Jun 03, 2024| 21:31 सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्