बुधबार, मंसिर १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • फोनपेले ल्यायो मोबाइल फोनमा रियल टाइम भ्वाइस नोटिफिकेशन सुविधा

Siddartha premir insuranceSiddartha premir insurance

फोनपेले ल्यायो मोबाइल फोनमा रियल टाइम भ्वाइस नोटिफिकेशन सुविधा

 |  सोमबार, जेठ २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २१, २०८१

काठमाडौं- फोनपेले आफ्नो नयाँ आविष्कार स्वरुप, मोबाइल फोनहरूमा ‘भ्वाइस नोटिफिकेशन’ सेवा सुरु गरेको छ ।

himalayan bank box

फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एप मार्फत भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्नेछन् । फोनपे बिजनेस एप, एक मोबाइल एप हो जुन विशेष गरी व्यवसायहरूको सम्पूर्ण डिजिटल भुक्तानी लेनदेनहरूलाई एउटै प्लेटफर्ममा व्यवस्थित र ह्यान्डल गर्न डिजाइन गरिएको हो ।

नयाँ सुबिधाले फोनपे नेटवर्कमा आबद्ध व्यवसायहरूको क्युआर भुक्तानी प्राप्त गर्ने अनुभवलाई पुनः परिभाषित गरेको छ । उक्त सुबिधाले एसएमएस मार्फत भुक्तानी पुष्टिकरणमा भर पर्नु पर्ने आवश्यकतालाई हटाएको छ । यो सेवालाई उपभोग गर्न फोनपे नेटवर्कका व्यवसायहरूले या त फोनपे बिजनेस एप डाउनलोड गरी, वा केवल फोनपे बिजनेस एप को नयाँ भर्जनमा अपडेट गरी ‘नोटिफिकेसन सेटिंग’ बाट ‘भ्वाइस नोटिफिकेशन’ सुचारु गर्न सक्नेछन् ।

आज बढ्दो गतिको व्यवसायीक वातावरणमा, व्यवसायहरूहरुले विशेष गरी भीडभाड र सम्भावित टेलिकम नेटवर्क अवरोधहरूको समयमा डिजिटल भुक्तानी लेनदेन सम्बन्धित केहि चुनौतीहरूको सामना गरेका छन् ।

‘भ्वाइस नोटिफिकेशन’ सुविधाको सुरुवात सँगै, फोनपे बिजनेस एपका प्रयोगकर्ताहरूले भुक्तानी सूचनाहरूका लागि आफ्नो मोबाइल फोनको निरन्तर म्यानुअल अनुगमन गर्नु पर्ने आवश्यकता हटेको छ ।

Metro Mart
vianet

प्रकाशित: Jun 03, 2024| 17:10 सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्