बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • गिरीबन्धु प्रकरणबारे सोध्दा ओलीले रिसाउँदै भने- बालेनलाई सोध्नू

गिरीबन्धु प्रकरणबारे सोध्दा ओलीले रिसाउँदै भने- बालेनलाई सोध्नू

 |  सोमबार, जेठ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २१, २०८१

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणका विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग सोध्न भनेका छन्।

National life

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले 'गिरीबन्धु टी–स्टेटको कुरा आइरहेको छ नि' भनेर सञ्चारकर्मीले जिज्ञासा राखेका थिए। जवाफमा ओलीले आक्रोशित हुँदै भने- बालेनलाई सोध्नू। त्यसपछि उनी केही नबोली गाडीमा चढे।  

सोमबार सामाजिक सञ्जालमा काठमाडौं महानगरका प्रमुख बालेन शाहले एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी–स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाउदै पीडितको बैना फिर्ता गर्न सुझाव दिएका थिए।
ओलीलाई उनले १० हजार करोडको काण्ड नलुकाउन चेतावनी दिएका थिए। प्रमुख शाहले झापाको गिरीबन्धु टिस्टेटको सरकारी जग्गा घोटला प्रकरणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै ओलीलाई यस्तो चेतावनी दिएका हुन्।

फेसबुकमा बालेनले भनेका छन्
१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू। झापा गिरीबन्धुमा बैना लिनेहरूलाई "दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं " भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन। यही १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ।

अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल-चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौं।

Laxmi sunrise bank
kumari

अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला। नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नु भएको हो। धन्यवाद।

प्रकाशित: Jun 03, 2024| 16:56 सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्