सोमबार, साउन ११, २०८३

जितगढी किल्ला हेर्न पुगे प्रधानसेनापति थापा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा-अंग्रेज साम्राज्यलाई परास्त गरेको ऐतिहासकि स्थल बुटवलको जितगढी किल्लामा नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा पुगेका छन् ।  बुधबार मध्यान्ह तिर सो स्थलको अवलोकन गर्दै प्रधानसेनापति थापाले अग्रजहरुको वीरताले देशको स्वाभिमानता उचो भएको स्मरण गरे ।

जितगढीको विकासका लागि मणिमुकुन्द सेन दरबार क्षेत्र, नुवाकोट गढी, पाल्पाको तानसेनक्षेत्र, स्यूराज, अर्घाखाँचीस्थित पृथ्वीनारायण शाहको मावलीलगायतका क्षेत्रहरुलाई जोडेर इतिहास जिवित राख्ने क्षेत्रका रुपमा विकास गरिने प्रधानसेनापतिको भनाई थियो । 

सेनापतिले नेपाल एकीकरणपूर्व र पश्चातका विभिन्न किल्लाहरु, सामरिक महत्वका क्षेत्रहरु, गढीहरुलाई जोडेर नेपाली सेनाले विशेष अध्ययन गरिरहेको पनि जानकारी दिए ।  

सो अवसरमा बुटवल उप-महानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्वर्गीय कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक बनाउन लागेको लगायतका एकीकृत पर्यटन विकासका बारेमा जानकारी गराएका थिए ।  

नेपाली फौजले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको ऐतिहासिकस्थल जितगढीको महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले उपमहानगरपालिकाले ९ फिट उचाईको तामाको पूर्णकदको शालिक र ९ फिट उचाईकै झण्डा बनाएर राख्न थालेको छ ।

बुटवलले जितगढीलाई राष्ट्रियताको प्रतिक र बुटवलको पहिचानका रुपमा विकास गर्न लागिएको भन्दै सबैको सहकार्यको खाँचो रहेको बताए। वि.सं. १८७२ बैशाख ७ गते जितगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा गत वर्षदेखि उपमहानगरले जितगढी विजय उत्सव दिवस समेत मनाउन थालेको थियो ।

जितगढीको सामरिक महत्वबारे बेलायत सरकारसंग समन्वय गरी बेलायती नागरिकलाई नेपाल भ्रमणका अवसरमा जितगढी किल्लासम्म ल्याउन पहल गरिने पनि उपमहानगरपालिकाको योजना रहेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।