आइतबार, भदौ ७, २०८३

फिल्म निर्देशक सुदर्शन थापा ठगी आरोपमा पक्राउ

 |  सोमबार, जेठ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २१, २०८१

काठमाडौं- फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन्। प्रहरीले बालुवाटार क्षेत्रबाट थापालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनीविरूद्ध प्रहरी वृत्त बौद्धमा उजुरी परेको थियो। पक्राउ पुर्जी जारी भएपछि थापा फरार थिए। उनीविरूद्ध ठगी, अपराधिक विश्वासघात, एक्सटर्सन तथा अपराधिक लाभ मुद्दामा जाहेरी परेको थियो।

फिल्म निर्माता सुदर्शन बस्नेतले आफ्नो मन्जुरीबिना स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आर्थिक नोक्सानी पुर्‍याएको भन्दै गत साउन १० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध जाहेरी दिएका थिए।

प्रकाशित: Jun 03, 2024| 15:07 सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्