बुधबार, पुस ९, २०८२

अध्यागमनका कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था

 |  सोमबार, जेठ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २१, २०८१

काठमाडौं- अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ।

National life

यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो। अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ। अध्यागनका कर्मचारी र अन्य निकायका कर्मचारी छुट्याउन कठिनाइ भएकाले सरोकार भएकासँग समन्वय गरी पोसकको व्यवस्था गरिएको विभागले जनाएको छ।

विमानस्थलमा हुने कमीकमजोरी तथा भ्रष्टाचारको भागिदार अध्यागमनका कर्मचारी बन्न नपरोस् भन्नका पोसकको व्यवस्था गरिएको विभागको भनाइ छ। अध्यागमन विभागले सिफारिस गरेको कर्मचारीको पोसकबारे गृह मन्त्रालयले स्वीकृत गरेको हो। गृहमन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएसँगै अध्यागमन विभाग र मातहतका सबै कर्मचारीले अनिवार्य तोकिएको पोसाक लगाउनुपर्ने गृह सचिव एकनारायण अर्यालले बताए।

'पोसाकले व्यक्तित्व झल्काउनुका साथै कर्मचारी पहिचानसमेत गराउँछ। सरकारी कर्मचारीको हकमा पोसाकले पहिचान र गरिमा राख्दछ', अर्यालले भने, 'सेवामा रहँदा अनिवार्य तोकिएको पोसाक लगाउँदा एकरुपता आउनुका साथै अनुशासित पनि बनाउँछ। यो व्यवस्थाले कर्मचारीलाई जिम्मेवार बनाउन र सामूहिक भावनाको विकास गर्ने विश्वास गृहले लिएको छ।'

निजामती कर्मचारीको छुट्टै पोसाक तोकिएको भन्दै अर्यालले विमानस्थलमा कार्यरत कर्मचारीका लागि पनि छुट्टै पोसाक हुनुपर्ने सुझावपछि गृह मन्त्रालयले अध्यागमन अधिकारीका लागि सो व्यवस्था गरेको मन्त्रालयले जनाएको छ। 

Laxmi sunrise bank
kumari

अध्यागमन सुधारका लागि गृहमन्त्रालयले विभिन्न सुधारका योजना अघि सारिरहेको सचिव अर्यालले बताए। उनका अनुसार बिचौलियासँगको सेटिङ भत्काई घुसखोरी रोक्न विभागदेखि कार्यालयसम्मका कर्मचारी परिवर्तन गर्ने, सेवाग्राहीलाई सास्ती दिएको भेटिए तत्काल हटाइ कारबाही सुरु गरिएको छ। 

केही समयअघि मात्रै गृहसचिव अर्याल आकस्मिकरुपमा विमानस्थल कार्यालय पुगेर सुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए। रासस

प्रकाशित: Jun 03, 2024| 14:53 सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्