बुधबार, पुस ९, २०८२

महानगरले खनेको सडक विभागले पिच गर्न थालेपछि तनाव

 |  सोमबार, जेठ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २१, २०८१

काठमाडौं- न्यूरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र महानगर प्रहरीबीच विवाद भएको छ।

National life

काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थालेको थियो। त्यसै क्रममा नगर प्रहरी पुगेर रोक्न खोजेपछि विवाद भएको हो।

 सडक विभागका कर्मचारी, नगर प्रहरी, बालेनका समर्थक र स्थानीयवासी जम्मा भएपछि स्थिति तनावग्रस्त बनेको हो। प्रहरी समेत त्यहाँ पुगिसकेको छ।

सोमबार बिहानैदेखि सडक डिभिजन कार्यालयका कर्मचारी न्युरोडको जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको सडक कालोपत्र गर्न खटिएका छन्। सडक डिभिजन काठमाडौंले जेठ १६ गते महानगरलाई पत्र लेख्दै २ दिनभित्र सडक जस्ताको त्यस्तै बनाउन आग्रह गरेको थियो। महानगरले भने पैदलयात्रीलाई अप्ठेरो भएको भन्दै फुटपाथ क्षेत्र बढाउन सडक काटिएको दाबी गर्दै आएको छ।

केही दिनअघि काठमाडौंका मेयर बालेन्द्र शाहले एक–एक ट्रक धूलो फोहोर डिभिजन सडक कार्यालय मीनभवन र सडक विभाग कार्यालय बबरमहल अगाडि खन्याउन लगाएका थिए। उनले चक्रपथ विस्तारको काम अगाडि नबढाएसम्म हरेक दिन भौतिकमन्त्री महासेठलाई एक ट्रक धूलो उपहारका रूपमा खसालिने भन्दै सामाजिक सञ्जाल फेसबुक र एक्समा धूलो खसालेको भिडियो राखेर पोस्ट गरेका थिए। चक्रपथ विस्तार भने पनि मेयर शाहले न्युरोड क्षेत्रमा फुटपाथ बनाउन नदिइएकोमा असन्तुष्टि पोखेको बताइएको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jun 03, 2024| 12:05 सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्