सोमबार, साउन ११, २०८३

आगो ताप्दै आन्दोलन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
विराटनगर- विराटनगर महानगरका कर्मचारी नन्दीकेसर भन्डारी आज बिहान महानगर कार्यालय परिसरमा आगो तापिरहेका थिए। 

प्रदेश १ को एक्लो महानगरका सूचना अधिकृत रहेका  कर्मचारी भन्डारीसँगै थुप्रै  कर्मचारी आगो ताप्दै थिए। काम छाडेर आगो ताप्दै गरेका कर्मचारी आन्दोलनमा छन्। 

तराइमा हुस्सुले चिसो बढाए पनि स्थानीय सरकारका कर्मचारीको आन्दोलनको गर्मी भने बढेको छ। कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा ७ को उपदफा ४ ले विभेद गरेको भन्दै कर्मचारी आन्दोलनमा छन्। 

आफू सगैका संघीय सरकारका कर्मचारीको बढुवा तर आफ्नो बारेमा कुनै सकारात्मक निर्णय नगरिएको भन्दै उनीहरु आन्दोलनमा छन्। आन्दोलनले स्थानीय सरकारका सबै कामहरु ठप्प छन्। दैनिक सिफारिस, घरनक्सा पास,चार किल्ला प्रमाणीकरण, पन्जिकरणका आदि कामहरु रोकिएका छन् । 

स्थानीय सरकारका कर्मचारीले निजामती सरह आफुलाइ ब्यवहार नगरेको सगै काठमाडौ महानगरमा सफाइमा काम गर्ने कर्मचारी विस्थापित हुने अवस्थामा पुगेको भन्दै रोक्न माग गरेका छन। निजि कम्पनीलाई फोहोर ब्यवस्थापनको जिम्मेवारी दिएकोले स्थानीय कर्मचारी विस्थापित भएको कर्मचारीहरुको संघसंगठनको आरोप छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।