बुधबार, पुस ९, २०८२

जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु

 |  सोमबार, जेठ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २१, २०८१

भारतको मध्य प्रदेशमा ट्याक्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।

National life

बीबीसीका अनुसार राजस्थानबाट मध्य प्रदेशको राजगढ जाँदै गरेको जन्ती सवार ट्याक्टर पीपलोदी सडकमा आइतबार राति दुर्घटना भएको हो। दुर्घटनामा ४० जना घाइते भएका छन्।

प्रहरीका अनुसार तीव्र गतिमा भएका कारण ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो। घाइते सबैको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।

मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादव र राजस्थानका मुख्यमन्त्री भजन लाल यादवले दुर्घटनाप्रसत दुःख व्यक्त गरेका छन्।

प्रकाशित: Jun 03, 2024| 10:20 सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्