आइतबार, असार १, २०८२

१० हजार करोडको गिरीबन्धु काण्ड नलुकाउन ओलीलाई बालेनको चेतावनी

 |  सोमबार, जेठ २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २१, २०८१

vianetvianet

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई १० हजार करोडको काण्ड नलुकाउन चेतावनी दिएका छन्।

प्रमुख शाहले झापाको गिरीबन्धु टिस्टेटको सरकारी जग्गा घोटला प्रकरणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै ओलीलाई यस्तो चेतावनी दिएका हुन्।

फेसबुकमा बालेनले भनेका छन्
१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू। झापा गिरीबन्धुमा बैना लिनेहरूलाई "दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं " भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन। यही १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ।

अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल-चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौं।

अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला। नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नु भएको हो। धन्यवाद।

प्रकाशित: Jun 03, 2024| 10:13 सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्