बुधबार, वैशाख २, २०८३

हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित

 |  आइतबार, जेठ २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २०, २०८१

तनहुँ- हुरीले तनहुँको व्यास नगरपालिका–६ क्रियापानीस्थित अमृत आधारभूत विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ। यही जेठ १७ गते अपराह्न आएको हुरीले विद्यालयको दुईवटा भवनको छाना उडाउँदा पठनपाठन प्रभावित भएको हो। 

National life

विद्यालयका प्रधानाध्यापक रविचन्द्र वाग्लेले भीषण हुरीले दुवै भवनको छाना उडाउँदा पठनपाठन प्रभावित भएको जानकारी दिए। उनका अनुसार हुरीले विद्यालयको पाँचवटा कोठाको छाना उडाएको छ। उनले भने, ‘अहिले हुरीले छाना नउडाएका तीन कोठामा नौवटा कक्षा सञ्चालन गर्न बाध्य भएका छौँ। एउटा कोठामा भने कार्यालय सञ्चालन गरिएको छ।’

छाना र गारो समेत भत्काउँदा रु चार लाखभन्दा बढीको क्षति भएको प्रधानाध्यापक वाग्लेले बताए। क्षतिको विवरण वडा कार्यालयलाई जानकारी गराइसकेको उनको भनाइ छ। वडा कार्यालयमा निवेदन दिने र व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखामा जानकारी गराइसकिएको उनले बताए। उक्त विद्यालयको आधारभूत तहमा ४० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। 

गर्मी अत्यधिक बढेकाले कक्षा १ देखि ८ सम्म पढाइ हुने उक्त विद्यालयमा चौतारी र रूखमुनि राखेर पठनपाठन गराउनुपर्ने बाध्यता आएको प्रधानाध्यापक वाग्लेले बताए। तत्काल विद्यालयको मर्मत गरी पठनपाठन सञ्चालन गर्न सम्बन्धित निकायसमक्ष आग्रह गरिएको उनले जानकारी दिए।

सोही दिन आएको हुरीले व्यास–९ माझफाँटस्थित माहेन्द्री मावि, व्यास–१२ कमलबारीस्थित सिद्धेश्वरी माविलगायत विद्यालयमा क्षति पुर्‍याएको नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखाले जनाएको छ। नगरपालिकाका विभिन्न विद्यालयमा क्षति पुर्‍याएकाले तथ्याङ्क सङ्कलन भइरहेकाले हालसम्म यकिन विवरण आइनपुगेको शाखाले जनाएको छ। 

kumari

प्रकाशित: Jun 02, 2024| 18:31 आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्