काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ ।
स्थायी कमिटीले प्रतिवेदनमाथि धारणा राख्नेक्रममा नेताहरुले सरकारको भूमिकाका विषयमा गम्भीरताका साथ प्रश्न उठाउँदै मन्त्रिमण्डल पुर्नगठन गर्न माग गरेका छन् ।
बुधबारको बैठकमा धारणा राख्नेक्रममा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले सरकारले अहिले प्रभावकारी काम गर्न नसकेको भन्दै मन्त्रिमण्डल नै परिवर्तन गर्न सुझाव दिएका छन् । उनले जनताले मनपराउने गरी शैली परिवर्तन गर्न प्रधानमन्त्री ओलीलार्इ पनि सुझाव दिएका छन् ।
बुधबारको बैठकमा रघुजी पन्त, वर्षमान पुन, देव गुरुङलगायतले बैठकमा बोल्दै पार्टीको आन्तरिक गतिविधि र सरकारको कामकारबाहीका विषयमा धारणा राखेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४