आइतबार, भदौ ७, २०८३

उड्न लागेको विमानमा नेल पोलिसको गन्ध आएपछि...

 |  आइतबार, जेठ २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २०, २०८१

काठमाडौं- काठमाडौंबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ।
 
“धावनमार्गमा गुडिसकेको विमान नेल पलिसको गन्ध आएपछि  पार्किङ वेमा ल्याइयो”, यात्री मञ्जु शाहीले भनिन्, “नेल पलिसको गन्धका कारण  विमान फर्काइएको हल्ला चलेको छ। विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ ।” यात्रीलाई बसमा राखिएको छ । विमानको  ८:२५ बजेको उडान तालिका थियो ।

विमानभित्र इन्धनको गन्ध आएको र  प्राविधिक परीक्षणका लागि  फर्काइएको एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए । अर्को विमानबाट यात्रीलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको उनले बताए।

 

प्रकाशित: Jun 02, 2024| 11:34 आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्