बुधबार, पुस ९, २०८२

गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी तोकियो

 |  आइतबार, जेठ २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २०, २०८१

काठमाडौं- गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा तेस्रोपटक पेशी तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दायर गरेको उक्त निवेदन दुईपटक स्थगित भएको थियो।

National life

आइतबार उक्त रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको छ। रिट पाँचौं नम्बरमा पेशी रहेको छ। यसअघि लगातार सुनिल पोखरेलको इजलासमा पेशी परेको थियो।

पोखरेलको इजलासमा परेको पेशी निवेदक आफैंले स्थगितका लागि निवेदन दिँदै हटाएका थिए। लामिछानेलाई सहकारी ठगीमा क्लिनचिट दिनेगरी महान्यायाधिवक्ता कार्यालयले पत्र लेखेपछि विवाद सुरु भएको थियो।

महान्यायाधिवक्ता कार्यालयले सहकारीका विषयमा कुनै पनि निकायमा अनुसन्धान, जाहेरी र अभियोग नभएको भनी पत्र लेखेपछि त्यसविरुद्ध भट्टराईले रिट पेश गरेका थिए। उनले सहकारी ठगीमा विभिन्न जिल्लामा जाहेरी परेको अभियोगपत्रमा समेत नाम उल्लेख भएका व्यक्तिको हकमा यसरी पत्र लेख्नु गैरकानुनी र गैरसंवैधानिक हुने जिकिरसहित रिट पेश भएको थियो।

सुरुमा अदालत प्रशासनले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो। दरपिठ भएपछि त्यसविरुद्ध उनले इजलासमा निवेदन दिएका थिए। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दर्ता गर्न आदेश गरेपछि जेठ १४ गते रिट दर्ता भएको थियो।

Laxmi sunrise bank
kumari

उक्त रिटमा आज पहिलो सुनवाइ हुँदैछ।

प्रकाशित: Jun 02, 2024| 11:28 आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्