आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो

 |  शनिबार, जेठ १९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १९, २०८१

नेपालगञ्ज- अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ। उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको हाे।

triton college

अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए।

यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले यही जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो।

उपमहानगरपालिकाको शिक्षा महाशाखाको क्यालेन्डरमा भने यस वर्ष जेठ २७ देखि असार १४ गतेसम्म गर्मी बिदा दिने उल्लेख छ। नेपालगञ्ज उपमहानगरपालिका भित्रका विद्यालयमा असार ९ गतेदेखि पठनपाठन हुने बताइएको छ।

केही दिन अघि नेपालगञ्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियससम्म मापन भएको थियो। गर्मीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ।

Metro Mart
vianet

प्रकाशित: Jun 01, 2024| 09:51 शनिबार, जेठ १९, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

महिला मृत्युदर घटाउन नि:शुल्क 'एचपीभी' खोप

महिला मृत्युदर घटाउन नि:शुल्क 'एचपीभी' खोप

पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको संख्या बढ्दो छ। उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको...