सोमबार, साउन ११, २०८३

महासमितिमा आज पनि विधान पेश नहुने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडा‌ैं- नेपाली कांग्रेसको जारी महासमिति बैठकमा बुधबार पनि विधान संसोधन प्रस्ताव पेश नहुने भएको छ । कार्यदलले मंगलबार साँझ प्रस्तावित विधानमा सहमति जुटाएपनि छपाई हुन नसकेका कारण बुधबारको बैठकमा विधान पेश हुन नसक्ने भएको हो ।

छपाई सकेर बिहीबार मात्रै विधान संसोधन प्रस्ताव पेश गर्ने तयारी छ । शनिबारबाट सुरु भएको महासमिति बैठकमा विधान संसोधन प्रसताव पेश नहुदा महासमिति सदस्यहरु अन्योलमा पर्दै आएका थिए । उनीहरुले सोमबारदेखि नै विधान पेश गर्न नेतृत्वलाई दबाब दिएका थिए । 

बुधबार विधान पेश नभएपनि राजनीतिक, संगठनात्मक, आर्थिक नीति सम्बन्धी र पार्टीको आन्तरिक आय–व्यय सम्बन्धी प्रतिवेदनमा छलफल हुँदै छ । समुह समुहमा प्रतिवेदनमाथि छलफल गर्दै त्यसका विषयमा बोल्ने कार्यक्रम रहेको प्रवक्ता विश्वप्रकश शर्माले जानकारी दिए । उनका अनुसार महासमिति सदस्यको सुझाव पछि प्रतिवेदन पारित गरिने छ । 

यस्तै कांग्रेसमा १६१ केन्द्रीय कार्यसमिति र ८ पदाधिकारी बनाउने सहमति भएको छ । जसअनुसार अब कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री , दुई सहमहामन्त्री र एकजना कोषाध्यक्ष रहने छन् । कोषाध्यक्ष बाहेक सबै महाधिवेशनबाट निर्वाचित हुनु पर्ने प्राधवधान राख्न सहमति भएको छ ।
....................
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।