सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आईपीएल अक्सन : सर्वाधिक मंहगोमा भारतिय खेलाडी, युवराज बिकेनन्

आईपीएल अक्सन : सर्वाधिक मंहगोमा भारतिय खेलाडी, युवराज बिकेनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


एजेन्सी- इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनमा २ जना भारतिय खेलाडी सर्वाधिक महंगो मूल्यमा बिक्री भएका छन् । राजस्थान रोयल्सले जयदेव उनादकटलाई सर्वाधिक रकम तिरेको छ भने किंग्स इलाभेन पञ्जाबले वरुण चक्रवर्तीलाई तिरेको । 

दुबै खेलाडी ८ करोड ४० लाख भारुमा किनिएका हुन् । उनादकटलाई सन् २०१७ को आईपीएलको अक्सनमा ११ करोड ५० लाखमा राजस्थानले नै किनेको थियो । तर, यस बर्ष रिलिज गर्दै पुन राजस्थानले नै किनेको हो । गएको संस्करणमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा २९ औँ स्थानमा रहेका उनादकटले प्रतियोगिताभर ११ विकेट लिएका थिए ।  

अनक्याप्ड खेलाडी चक्रवर्तीको न्यूनतम मूल्य २० लाख राखिएको थियो । तर, उनीमाथि सबैले बोली लगाएका थिए । सुरुमा दिल्ली र चेन्नईले उनलाई किन्न खोजेका थिए । सपछि कोलकाता र पञ्जाबले पनि लिलामीको रेसलाई दौडाएका थिए ।

 जसमा पञ्जाबले ८ करोड ४० लाखमा किन्न सफल भयो । घरेलु प्रतियोगितामा तमिलनाडुका लागि धेरै पटक चामत्कारिक प्रदर्शन गरेका छन् । तमिलनाडु लिगपछि विजय हजारे ट्रफीमा उनले ९ खेलमा २२ विकेट लिएर सनसनी मच्चाएका थिए । 

आईपीएल २०१९ का लागि पछिल्लो सिजनमा पञ्जाबबाट खेलेका अलराउण्डर युवराज सिंहलाई खरिद गर्न कुनैपनि टिमले इच्छा देखाएका छैनन् । पछिल्ला संस्करणहरुमा खेल्दै आएका युवराज भने अनसोल्ड नै रहे । 

उनको न्यूनतम मूल्य १ करोड तोकिएको थियो । गएको सिजनमा युवराजमाथि २ करोड खर्चिएको पञ्जाबले यअसघि रिलिज गरेको थियो । पछिल्लो संस्करणमा उनले प्रभाव जमाउन नसक्दा प्रतियोगिताभर जम्मा ६५ रन बनाएका थिए । अक्सनमा नबिके पनि यदि टिमले लिन चाहेमा पेनाल्टी तिरेर फेरि लिन पाउने व्यवस्था रहेको छ । 

अक्सनका सर्वाधिक महंगो मुल्यमा विक्री भएका १० खेलाडी :

१. जयदेव उनादकट - ८ करोड ४० लाख, राजस्थान रोयल्स
२. बरुण चक्रवती - ८ करोड ४० लाख, किंग्स इलाभेन पञ्जाव
३. साम करन - ७ करोड २० लाख, किंग्स इलाभेन पञ्जाव

४. कोलिन इन्ग्राम - ६ करोड ४० लाख, दिल्ली क्यापिटल्स
५. कार्लोस ब्रेथवेट - ५ करोड, कोलकत्ता नाइट राइडर्स
६. अक्षर पटेल - ५ करोड, दिल्ली क्यापिटल्स

७. मोहित शर्मा - ५ करोड, चेन्नई सुपर किंग्स
८. शिवम दुबे - ५ करोड, रोयल च्यालेन्जर बेंगलोर
९. मोहम्मद सामी -४ करोड ८० लाख, किंग्स इलाभेन पञ्जाव
१०. निकोलस पुरन - ४ करोड २० लाख, किंग्स इलाभेन पञ्जाव
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।