बिहीबार, पुस १०, २०८२

आगामी दसैंमा चल्ने 'छक्कापञ्जा ५' को फर्स्टलुक पोस्टर सार्वजनिक

 |  बिहीबार, जेठ १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १७, २०८१

काठमाडौं- दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म 'छक्कापञ्जा ५' को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ।

National life

बिहीबार (आज) देखि छायांकनमा गएको फिल्मको पोस्टर सार्वजनिक गर्दै शीर्ष कलाकार र प्रदर्शन मितिबारे जानकारी दिइएको छ। 

पोस्टरमा दीपकराज र केदार घिमिरे 'माग्ने बुढा' सहित अभिनेत्री वर्षा शिवाकोटी प्रस्तुत छिन्। वर्षा फिल्ममा शीर्ष अभिनेत्रीका रूपमा अनुबन्धित भएको यही पोस्टरमार्फत जानकारी दिइएको छ। 

यो फिल्म आगामी दसैंको अवसर पारेर असोज २४ गते फूलपातीमा रिलिज हुनेछ। आमा सरस्वती मुभिज र आइएमआईको प्रस्तुतिमा बन्न लागेको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गर्नेछिन्।

उनले यसअघि ‘छक्का पञ्जा’ का तीनवटा शृंखलालाई निर्देशन गरेकी थिइन्। चौथो शृंखलाई भने हेमराज बिसीले निर्देशन गरेका थिए। 'छक्का पञ्जा' का सबै शृंखलाले बक्स अफिसमा राम्रो व्यापार गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 30, 2024| 19:07 बिहीबार, जेठ १७, २०८१
प्रतिक्रिया दिनुहोस्