बिहीबार, पुस १०, २०८२

बैंकका कर्मचारी बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते

 |  बिहीबार, जेठ १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १७, २०८१

बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका- ७, तल्लो बारामा बस दुर्घटनामा भएको छ। 

National life

दुर्घटनामा २५ जना यात्रु घाइते भएका छन्। घाइतेको उद्धार कार्य जारी छ। घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल र सुनकोसी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ। 

महोत्तरीको बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको १७३२ नम्बरको पर्यटकीय बस दुर्घटना भएको हो। बसमा ग्लोबल आईएमई बैंकका कर्मचारी सवार थिए।

उनीहरू बैंकको तालिममा सहभागी भएर बर्दिबासबाट फर्कँदै थिए। घुमाउरो सडकमा विपरीत दिशाबाट आएको स्कुटरलाई जोगाउँदा दुर्घटना भएको अनुमान गरिएको छ। 

बस सडकबाट करिब ५० मिटर तल खसेको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीय उद्धारमा खटिएका छन्।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 30, 2024| 18:45 बिहीबार, जेठ १७, २०८१
प्रतिक्रिया दिनुहोस्