काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायू र मनसुनी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ।
हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली भू-भाग तथा देशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग साथै लुम्बिनी प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
त्यस्तै, आज राति देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।