मंगलबार, जेठ १९, २०८३

गुडिरहेको विमानको इन्जिनमा मानिस फसेपछि...

 |  बिहीबार, जेठ १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १७, २०८१

नेदरल्याण्ड्सको आम्स्टर्डमस्थित शिफोल विमानस्थलमा दुर्घटना हुँदा एक व्यक्तिको ज्यान गएको छ। विमानस्थलबाट प्रस्थानको तयारीमा रहेको विमानको इन्जिनमा एक व्यक्ति फसेका थिए। इन्जिनमा फसेका ती व्यक्तिको मृत्यु भएको छ।

National life

केएलएमको यात्रुवाहक विमान केएल १३४१ विमान डेनमार्कको बिलन्डतर्फ जान लागेको बेला यो दुर्घटना भएको हो। घटनाबारे केएलएमले छानबिन गरिरहेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। नेदरल्यान्डको सैन्य प्रहरीले पनि यस मामिलामा छानबिन सुरु गरेको छ। विमानबाट सबै यात्री र क्रुलाई बाहिर निकालिएको बताइएको छ।

मृतकको अहिलेसम्म पहिचान खुलाइएको छैन। स्थानीय मिडियाका अनुसार मृतक विमानस्थलका कर्मचारी हुन सक्छन्।

विमान छोटो दूरीको एम्ब्रेयर जेट थियो। केएलएमले  लन्डन र नजिकैका अन्य गन्तव्यहरूमा यो विमान उडान गर्दै आएको छ। शिफोल यूरोपको सबैभन्दा व्यस्त विमानस्थल हो र विमानस्थलमा कडा सुरक्षा व्यवस्था छ।

गएको वर्ष पनि डेल्टाको यात्रुवाहक विमानको इञ्जिनमा परेर विमानस्थलका एक जना २७ वर्षीय कर्मचारीको मृत्यु भएको थियो।

Shivam cement

प्रकाशित: May 30, 2024| 12:08 बिहीबार, जेठ १७, २०८१
प्रतिक्रिया दिनुहोस्