मंगलबार, जेठ १९, २०८३

हाजिरी जमानतमा छुटे कैलाश सिरोहिया

 |  बुधबार, जेठ १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १६, २०८१

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छुटेका छन्।

National life

अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नपर्ने भएकोले हाजिरी जमानतमा छोडिएको सिरोहियाका एक वकिलले जानकारी दिए। सुरुमा धनुषा प्रहरीको हिरासत र त्यसपछि जनकपुरको काव्या अस्पतालमा रहेका सिरोहियालाई हिजोमात्रै काठमाडौं ल्याइएको थियो।

गत साता मंगलबार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ परेका सिहोहियालाई सोही राति धनुषा लगेर भोलिपल्ट अदालतमा उपस्थित गराइएको थियो।

सरकारी वकिलको कार्यालय धनुषासँग अनुमति लिएर धनुषा प्रहरीले सिरोहियालाई छोड्न भनेपछि ललितपुर प्रहरीले उनलाई छोडेको छ। अनुसन्धानको लागि आवश्यक परेको बेला उपस्थित गराउनुपर्ने शर्तमा उनी छुटेका हुन्।

सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक तीन दिनको म्याद थप गरेको थियो। तेस्रो पटक तीन दिनको म्याद थप गर्दा सिरोहियाको स्वास्थ्य अवस्थाको प्रतिकूलताको कारण उपयुक्त अस्पतालमा लगेर उनले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका चिकित्सकबाट परीक्षण गर्न उपयुक्त हुने आदेश दिएको थियो।

Shivam cement

अनुसन्धानका लागि नागरिकता विवरण किताबमा रहेको हस्ताक्षर र हस्तलिखित नमूनाको परीक्षण प्रतिवेदन माग गरी मिसिल संलग्न गर्ने, सिरोहियाको औंठा छापको नमूना परीक्षणको लागि पठाउने र घटना विवरणका कागज बुझ्न जिल्ला प्रहरी कार्यालय काठमाडौं लगायत निकायबाट विवरण मगाउन बाँकी रहेको भन्दै धनुषा जिल्ला अदालतले सोमबार प्रहरीलाई तीन दिन म्यादका लागि अनुमति दिएको थियो।

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जाहेरी परेको थियो। जाहेरी परेको झण्डै २० दिनपछि प्रहरीले धनुषाबाट पक्राउ अनुमति लिएको थियो। पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थिए।


 

प्रकाशित: May 29, 2024| 20:08 बुधबार, जेठ १६, २०८१
प्रतिक्रिया दिनुहोस्