आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कान्तिपुर क्षेत्रीय कार्यालय विराटनगरका सुरक्षा गार्ड कार्यालयमै मृत भेटिए

कान्तिपुर क्षेत्रीय कार्यालय विराटनगरका सुरक्षा गार्ड कार्यालयमै मृत भेटिए

 |  बुधबार, जेठ १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १६, २०८१

काठमाडौं- कान्तिपुर पब्लिकेशनको कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत अवस्थामा भेटिएका छन्। 

मोरङ बूढीगंगा गाउँपालिका–४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयको सुरक्षा गार्ड कोठामा मृत फेला परेका हुन्। 

सुरक्षा गार्ड बलबहादुर बस्नेत सेक्युरिटी गार्डको क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ। बस्नेतको घर सुन्दरहरैँचा नगरपालिका-९ मा पर्छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहान ११ बजे घटनाबारे जानकारी आएको थियो।

पालो दिनलाई अर्को सुरक्षागार्ड आउँदा ढोका नखुलेपछि पर्खाल नाघेर हेर्दा झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरिएको बताइएको छ।

प्रकाशित: May 29, 2024| 15:03 बुधबार, जेठ १६, २०८१
प्रतिक्रिया दिनुहोस्