काठमाडौं– राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले नेपाली कांग्रेसले पदाधिकारी चयनमा जुटाएको सहमतिलाई मुख्य समाचार बनाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइरालासहितका नेताहरूले नेपाली कांग्रेसका सबै पदाधिकारी अब महाधिवेशनबाट चयन हुने सहमति गरेका छन् ।
मंगलबार साँझ बसेको बैठकमा कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाटै चयन गर्ने समझदारी भएको हो। पार्टी पदाधिकारीमा अब दुईजना थपिनेछन् । सहमति अनुसार अब उपसभापति, महामन्त्री, सहमहामन्त्रीको संख्या दुईदुई हुनेछ ।
यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको नागरिक दैनिकले अब कांग्रेसमा सबै पदाधिकारी निर्वाचित शीर्षकमा खबर छापेको छ । यस्तै नयाँ पत्रिकाले कांग्रेसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र दुवै सहमहामन्त्री निर्वाचनबाट शीर्षकमा खबर लेखेको छ ।
कान्तिपुरमा भने कांग्रेसमा सहमतिः कार्यसमिति १६१ सदस्यीय शीर्षकमा खबर प्रकाशित छ । अन्नपूर्णले भने यो विषयलाई पहिलो पृष्ठमा स्थान दिएको छैन् ।
यो विषय बाहेक आजको कान्तिपुरले स्वकीय सचिवको तलव सांसदहरु आफैले लिने गरेको गरेको छ भने पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधन भएको विषयलाई एङ्कर न्यूज बनाएको छ ।
नयाँ पत्रिकाले भने इन्धनमा महिना दिनमै डेढ अर्ब नाफा शीर्षकमा मुख्य समाचार छापेको छ । लिटरमा १३ रुपैया ७१ पैसा नाफा खाएर निगमले जम्मा २ रुपैयाँ मात्रै घटाएको नेपाल आयल निगमलाई दिनमै ६ करोड नाफा हुने गरेको समाचारमा उल्लेख छ ।
आजको अन्नपूर्ण पोस्ट् र नागरिक दैनिकले भने नेकपाको स्थायी समिति बैठकमा सदस्यहरुले अध्यक्ष केपीशर्मा ओलीको चर्को आलोचना गरेको विषयलाई प्राथमिकताका साथ छापेका छन् । अन्नपूर्णले एकताकै नाममा लखेटियो शीर्षकमा खबर लेखेको छ भने नागरिकले आलोचक सिध्याउने खेलमा ओली शीर्षकमा खबर छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४