शुक्रबार, वैशाख ४, २०८३

गृहमन्त्री लामिछानेविरुद्ध दायर रिटको पेशी आज

 |  बुधबार, जेठ १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १६, २०८१

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी आजका लागि तोकिएको छ।

National life

गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो।

लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सोमबार सर्वोच्चमा दर्ता भएको थियो। रिटमा गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाइएको छ। 

रिटमा लामिछानेमाथि सहकारी ठगीमा कुनै अभियोग वा छानबिन नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको मागसमेत गरिएको छ। लामिछाने पदमा रहिरहँदा सहकारी ठगी प्रकरणको छानबिनमा स्वार्थ बाझिने जिकिर रिटमा गरिएको छ।

सुप्रिमसहित विभिन्न सहकारीका बचतकर्ताको रकम रविसमेतको संलग्नतामा गोरखा मिडियामा ल्याएर दुरुपयोग गरेको आरोप छ। यसबारे छानबिन गर्न एमाले सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय समिति बनिसकेको छ। 

kumari

प्रकाशित: May 29, 2024| 08:02 बुधबार, जेठ १६, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार