पार्टी विधान संशोधनका विषयमा सहमति जुट्न नसक्दा नेपाली कांग्रेसको महासमिति बैठक लम्बिएको छ। राजधानीको रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा भइरहेको महासमिति बैठक आगामी ५ गते समापन हुने जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिए।
पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको ९३ वर्षका उमेरमा निधन भएको छ । बूढानीलकण्ठ स्थित आफ्नै निवासमा उनको मंगलबार बिहान निधन भएको हो। कलेजो क्यान्सरका कारण थलिएका उनी १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराएर दुई दिन अघि मात्रै घर फर्किएका थिए।
नेकपा स्थायी समितिको मंगलबार बसेको बैठकमा भूतप्रेतका कुरासम्म उठेका छन्। पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यशैली नसुध्रिएको भन्दै यस्तो सन्दर्भ बैठकमा उठेको हो। भूतको सन्दर्भ उठाउने स्थायी समिति सदस्य थिए योगेश भट्टराई।
नेकपा स्थायी समितिको बैठकमा मंगलबार भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड झस्कने गरी ३५ बुँदे प्रस्ताव पेस गरेका छन्। ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनमा असहमति राख्दै स्थायी समिति सदस्य रावलले ३५ बुँदे सुझाव पस गरेका हुन्।
बबरमहलस्थित जिल्ला अदालत काठमाडौंको पूरानो भवनमा आगलागी भएको छ । आगलागी समयमै नियन्त्रणमा आउँदा सिंहदरवार परिसर नै ठूलो दूर्घटनाबाट बचेको स्थानीयले बताएका छन्।
नेपाली कांग्रेसको महासमिति बैठक विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन पेस नगरी अघि बढाउन खोजिएपछि मंगलबार बन्त्र सत्र तनावपूर्ण बन्यो। महासमिति सदस्यहरुले विधान संशोधनको टुंगो नलागी बैठक अघि बढाउन नहुने भन्दै होहल्ला गरेपछि बन्द सत्रभित्रै हात हालाहालको स्थिति बन्यो।
निर्मलाको हत्या अनुसन्धानमा चरम लापरवाही गरेको भन्दै डिल्लीराज विष्टसहित प्रारम्भिक चरणमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी परेको छ।
टुँडिखेल आसपास क्षेत्रमा लागु गरिएको 'पिक एन्ड ड्रप' प्रणालीले सडकमा गाडीको जाम घटे पनि यात्रुहरूको जात्रा भने कम भएको छैन। यात्रुहरू थप अन्योलमा परेका छन्। सार्वजनिक सवारी साधन रोकेर यात्रु कुर्न नपाइने भएपछि सडकमा जाम घटे पनि यात्रुहरुको भीड बढेको छ।
नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्न वडा कार्यालयको सिफारिसदेखि बुबा वा आमाको नागरिकता हुनुपर्ने कानुनी प्रावधान छ । सम्पूर्ण कानुनी प्रावधान पूरा गरिकेपछि मात्रै बालिग भइसकेका व्यक्तिले नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्न सक्छन्।
उपमहानगरहरुमा प्रमुख प्रशासकीय अधिकृतको दरबन्दखी कायम गरिए पनि प्रदेश १ मा सहसचिव टिक्न सकेका छैनन् । प्रदेश १ का दुई उपमहानगर धरान र इटहरीमा आएका ‘प्रथम ब्याचका’ सहसचिवको सरुवा भएपछि आएका नयाँ प्रशासकीय अधिकृत उपसचिव छन्।
स्वास्थ्य तथा जनसंख्या सचिव डा पुष्पा चौधरीलाई अन्यत्र सरुवा गर्ने मन्त्रिपरिषद् निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ। सरुवाविरुद्ध सचिव चौधरीले सर्वोच्चमा दायर गरेको रिटको अन्तिम सुनुवाइ गर्दै न्यायाधशिद्वय मीरा खड्का र ईश्वरीप्रसाद खतिवडाको संयुक्त इजलासले सरुवा बदर गरेको हो।
जो कोहीले चिन्ने नाम हो नाति काजी। माथीको दुई पंती गीतका संगीतकार पनि नाती काजी हुन्। उनले थुप्रै कालझै गीतमा संगीत भरिसकेका छन्। आज तिनै नेपाली संगीतका सुविख्यात संगीतकार नातिकाजी श्रेष्ठको ९४ औं जन्मजयन्ती हो। आफ्नो सिंगो जीवन नेपाली संगीतको आराधनामा समर्पित गरेका नातिकाजीको जन्म वि.सं. १९८२ पौष ३ गते ललितपुरमा भएको थियो।
अभिनेत्री मनीषा कोइरालाको क्यान्सरसँग जुध्नुपर्दाको पीडालाई समेटिएको अंग्रेजी पुस्तक ‘हिल्ड’को नेपाली अनुवाद आउने भएको छ। क्यान्सर लागेपछि मृत्युलाई जितेर प्राप्त भएको नयाँ जीवनका अनुभवलाई समेटेर तयार पारिएको पुस्तक ‘हिल्ड’ नेपाली अनुवाद आउने भएको हो। ‘हिल्ड’ केही समयअघि मात्रै बजारमा आएको थियो।
राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगका खेलहरु आधा सकिदा सम्म पनि उनी लिगको मैदानमा देखिएका छैनन्। लिग शुरु भएको अढाई महीनाभन्दा लामो समय बित्दा पनि एउटा राष्ट्रिय टोलीको महत्वपूर्ण खेलाडीले लिग खेल्न नपाउनु दुःखको विषय हो। पछिल्लो समय अनन्त राष्ट्रिय टोलीमा नियमित खेलिरहेका छन्।
बार्सिलोनाका कप्तान लियोनल मेस्सीले स्पेनको प्रतिस्ठित फुटबल लिग ला लिगामा नयाँ रेकर्ड बनाएका छन्। जारी सिजनको लिग अन्तरगत भएको लिगमा आफ्नो १६औं खेलमा लेभान्टलाई पराजित गर्दै मेस्सीले क्लबमा नयाँ रेकर्ड बनाएका हुन्।
चीनको हुवे प्रान्तकी ५३ वर्षीया चाङको हातमा केही दिनअघि घरायसी काम गर्दा सामान्य घाउ भएको थियो। उनले त्यो घाउ सानोतिनो चोट भनेर वास्ता गरिनन्।
दुई दिनपछि घाउमा केही परिवर्तन देखियो। घाउ वरपरका छाला उप्किन थाल्यो।
भारतको मुम्बईस्थित एक अस्पतालमा भिषण आगलागी भएको छ । आगलागीमा परि ८ जनाको मृत्यु छ भने १३० जना भन्दा बढी घाइते भएका छन्। इएसआईसी कामगार अस्पतालमा अकस्मात आगो सल्किएको मुम्बई प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...