मंगलबार, जेठ १९, २०८३

हिरासतमा रहेका सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

 |  मंगलबार, जेठ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१
National life
Shivam cement

काठमाडौं- नागरिकता कसुरमा विगत सात दिनदेखि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

गत शुक्रबार राति उच्च रक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि उनलाई जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारमा संलग्न चिकित्सकले सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सिफारिस गरेपछि उनलाई काठमाडौँ ल्याइएको हो। 

सोमबार तेस्रोपटक म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित हुन सिरोहिया अस्पतालबाट एम्बुलेन्समा गएका थिए। 

प्रकाशित: May 28, 2024| 17:07 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्