काठमाडौं- नागरिकता कसुरमा विगत सात दिनदेखि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
गत शुक्रबार राति उच्च रक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि उनलाई जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारमा संलग्न चिकित्सकले सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सिफारिस गरेपछि उनलाई काठमाडौँ ल्याइएको हो।
सोमबार तेस्रोपटक म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित हुन सिरोहिया अस्पतालबाट एम्बुलेन्समा गएका थिए।