बाँके- प्रहरीले नेपालगञ्जका चारवटा मोटर ड्राइभिङ सेन्टरमा आज छापा मारी कागजपत्र नियन्त्रणमा लिएको छ।
मामाभाञ्जा, रेसुङ्गा, बागेश्वरी र बोहरा मोटर ड्राइभिङ सेन्टरमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।
लाइसेन्स बनाइदिने भन्दै सर्वसाधरणसँग मोटो रकम लिएको जनगुनासो आएपछि प्रहरीले आज मध्याह्न ड्राइभिङ सेन्टरमा छापा मारेको हो।
यातायातका कर्मचारी, ट्राफिक प्रहरी र मोटर ड्राइभिङ सेन्टरको मिलेमतोमा लाइसेन्स वितरणमा व्यापक अनियमितता हुने गरेको गुनासो आएपछि छापा मारेको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४