बिहीबार, पुस १०, २०८२

करेन्ट लागेर कपिलवस्तुमा एक जनाको मृत्यु

 |  मंगलबार, जेठ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१

National life
Laxmi sunrise bank
kumari

कपिलवस्तु- कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रङपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। 

नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रमा कार्यरत ज्यालादारी कर्मचारी यशोधरा–२ गणेशपुरका ३२ वर्षीय हरिसचन्द्र मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सोमबार हावाहुरीसँगै आएको पानीले गर्दा रङ्पुरमा रहेको ट्रान्सफर्मर बिग्रिँदा विद्युत् अवरुद्ध बनेको थियो। सोही ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर मिश्रको मृत्यु भएको विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले जनाएको छ।

प्रकाशित: May 28, 2024| 14:21 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्