आइतबार, भदौ ७, २०८३

महिला ट्राफिकलाई मासिक चार दिन 'महिनावारी बिदा'

 |  मंगलबार, जेठ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा महिला ट्राफिक प्रहरीको सुविधाको लागि महत्वपूर्ण घोषणा गरेका छन्।

सामाजिक सञ्चालमा स्टाटस लेख्दै उनले अबदेखि महिनावारीका चार दिन महिला ट्राफिक प्रहरीलाई सडकमा ड्युटीमा नखटाउने बताएका छन्।

उनीहरूको ठाउँमा मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकको रूपमा सडकमा सवारी व्यवस्थापनमा सघाउने लामिछानेले उल्लेख गरेका छन्।

प्रकाशित: May 28, 2024| 11:42 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्