शनिबार, जेठ ३१, २०८२

रेमल चक्रवातले नेपालमा मौसम बदली

 |  मंगलबार, जेठ १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१

vianetvianet

काठमाडौँ- नेपालमा ‘रेमल’ चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि यसको अप्रत्यक्ष प्रभावबाट आज मङ्गलबार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहनेछ।

बङ्गालको खाडीमा विकसित भएको न्यून-चापीय प्रणाली यही १२ गते साँझ चक्रवातमा परिणत भई हाल शक्तिशाली चक्रवातका रुपमा रहेको छ। उक्त चक्रवातको नाम ‘रेमल’ नामाङ्कन गरिएको छ। उक्त चक्रवात भारतको पश्चिम बङ्गाल तथा बङ्गलादेशको तटीय क्षेत्रीयतर्फ अगाडि बढिरहेको देखिन्छ।

उत्तरी बङ्गालको खाडीमा रहेको शक्तिशाली ‘रेमल’ चक्रवात बङ्गलादेश र पश्चिम बङ्गाल आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। 

त्यस्तै, तराईका भू–भागमा हावाहुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। मधेस प्रदेशको थोरै स्थानमा मेघ गर्जन र चट्याङ  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ। 

National life insurance

त्यस्तै, वाग्मती प्रदेशको थोरै स्थान मेघ गर्जन र चट्याङ  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।गण्डकी प्रदेशको केही स्थान मेघ गर्जन र चट्याङ  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र  एक-दुई स्थानमा भारी वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ।

प्रकाशित: May 28, 2024| 05:45 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्