आइतबार, जेठ ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डेलाई नियुक्त गर्न सर्वोच्चको परमादेश

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डेलाई नियुक्त गर्न सर्वोच्चको परमादेश

 |  सोमबार, जेठ १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १४, २०८१

vianetvianet

काठमाडौं- सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गरी नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनील पोखरेलको इजलासले खगराजलाई पदमुक्त गर्दै ठूलो दलको हैसियतमा सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको हो।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री खगराजले विश्वासको मत पाएको घोषणा गरेका थिए। तर संविधान अनुसार ३१ प्रदेश सभा सदस्यले समर्थन गर्नुपर्ने प्रावधान छ।

सभामुख प्रयोग भएर खगराजलाई विश्वासको मत दिलाएपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च अदालत गएका थिए। सोही रिटको फैसला आज भएको हो।

प्रकाशित: May 27, 2024| 20:15 सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्