मंगलबार, जेठ १९, २०८३

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति र विश्वासको मत बदर

 |  सोमबार, जेठ १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १४, २०८१
National life
Shivam cement

काठमाडौं- सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति तथा विश्वासको मत लिएको प्रक्रियालाई बदर गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले नियुक्ति र विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक भएको ठहर गरेको हो। सभामुखको समेत समर्थन लिएर अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए।

विश्वासको मत लिँदा पनि प्रक्रिया नपुर्याएको भन्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत वैशाख २५ गते सर्वोच्चमा रिट दायर गरेका थिए। सोही रिटको फैसला आज भएको हो।

प्रकाशित: May 27, 2024| 19:45 सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्