बिहीबार, पुस १०, २०८२

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

 |  सोमबार, जेठ १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १४, २०८१

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि अनुसन्धान गर्न थप तीन दिन म्याद थपिएको छ।

National life

जिल्ला अदालत धनुषाले आज सोमबार सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

सिरोहियाको नागरिकतामा जन्म मिति खुलाएर गरिएको हस्ताक्षरको फरेन्सिक परीक्षणका लागि पठाइएकोमा रिपोर्ट आउन बाँकी रहेको भन्दै प्रहरीले म्याद थपको अनुमति मागेको थियो।

गत साता मंगलबार साँझ पक्राउ परेका सिरोहियालाई त्यही राति धनुषा लगेर भोलिपल्ट अदालतमा उपस्थित गराइएको थियो। उनी अहिले जनकपुरको काव्या अस्पतालमा उपचाररत छन्। आज उनलाई एम्बुलेन्समै अदालत लगिएको थियो।

आज तेस्रो पटक अदालतमा पेश गरिएका सिरोहियाको तर्फबाट विनोद शर्मा, किशोर पौडेल, रमण कर्ण र दिनेश त्रिपाठीले बहस गरेका थिए।

Laxmi sunrise bank
kumari

सिरोहिया नागरिकता सम्बन्धी उजुरीका आधारमा अदालतबाट पुर्जी जारी भएपछि पक्राउ परेका हुन्। सिरोहियाका नाममा जारी नागरिकता नम्बर अर्का व्यक्तिसँग मिलेको भन्दै रास्वपाका मधेस प्रदेश सदस्य इन्द्रजितप्रसाद महतोले धनुषा प्रहरीमा जाहेरी दिएका थिए।

प्रकाशित: May 27, 2024| 19:20 सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्