बुधबार, जेठ २८, २०८२

डलर देखाएर १८ लाख ठग्ने ३ जना पक्राउ

 |  सोमबार, जेठ १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १४, २०८१

vianetvianet
National life insurance

काठमाडौं- नक्कली डलर देखाएर नेपाली रुपैयाँ १८ लाख ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका- ३ बस्‍ने २४ वर्षीय श्याम तामाङ,  सोही नगरपालिका बस्‍ने २६ वर्षीय तेन्जेन पाइन र अर्का २७ वर्षीय नारायण बहादुर पाइन रहेका छन्। उनीहरूलाई सिन्धुलीको खुर्कोट हैवारवेशीबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नेपाली रुपैयाँ २० को नोट ६९ थान, अमेरिकी डलर १ को २३७ थान, मोबाइल ५ थान बरामद गरेको छ। पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। उनीहरूले गोलाञ्जोर गाउँपालिका-७ लौकुनस्थित ४४ वर्षीय राजु गौतमसँग अठार लाख नेपाली रकम लिएर फरार भएको प्रहरीको आरोप छ।
 

प्रकाशित: May 27, 2024| 19:04 सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्