बुधबार, जेठ २०, २०८३

तराईका जिल्लामा तीन दिन तातो हावा चल्ने

 |  सोमबार, जेठ १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १४, २०८१

काठमाडौं- तराईका जिल्लाहरूमा तीन दिनसम्म तातो हावा चल्ने चेतावनी जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको छ।

National life

महाशाखाले सोमबार बुलेटिन जारी गरी आजदेखि तीनदिन सम्म तराईका जिल्लाहरुमा तातो हावा चल्ने पूर्वानुमान गर्दै सतर्क रहन भनेको हो।

महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा केही दिनदेखि अधिकतम तापक्रम बढेर ४० डिग्री वा सोभन्दा बढीसम्म पुगेको जनाउँदै त्यो क्रम थप बढ्न सक्ने भन्दै सतर्क रहन भनेको हो।

पश्चिम तराईको तुलनामा पूर्वी तराईमा भने तातो हावाको जोखिम कम रहेको महाशाखाले जनाएको छ। महाशाखाले सोमबार पनि धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४० डिग्री भन्दा बढी मापन भएको जनाएको छ।

ती ठाउँहरूमा न्यूनतम तापक्रम नै २९ डिग्रीभन्दा बढी मापन भएको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टे बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांशपेशीहरू दुख्ने, वान्ता हुने जस्ता समस्या देखिने महाशाखाले जारी सूचनामा उल्लेख छ।

Shivam cement

त्यसबाट बँच्न घरभित्र बस्ने, धेरै बाहिर ननिस्कने, हलुका तथा सुतीको कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ प्रशस्त खान पनि महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: May 27, 2024| 16:52 सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्