काठमाडौं- दार्चुलामा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन्।
मार्मा गाउँपालिका मुरैस्थित गन्याड खोला तर्ने क्रममा आएको भेलले दुई जनालाई बगाएको हो।
२५ वर्षकी झुपा टमटा र ६ वर्षका ऐन बिकलाई खोलाले बगाएको हो। खोलाले बगाएर बेपत्ता भएका उनीहरूको खोजी भइहेको इलाका प्रहरी कार्यालय लटिनाथ दार्चुलाले जनाएको छ।