बिहीबार, पुस १०, २०८२

सहकारी ठगलाई कांग्रेसले छाड्दैन: अध्यक्ष गुरुङ

 |  आइतबार, जेठ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १३, २०८१

काठमाडौं- सहकारी ठगी प्रकरणमा न्याय दिन र ठगलाई कारबाही गर्न माग सहित नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको सहकारी ठगीविरुद्ध खुला सभामा नेपाल तरुण दलले आफ्नो विशेष उपस्थिति जनाएको छ।

National life

कांग्रेसले आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा सहकारी ठगीविरुद्ध खुला सभा गरेको हो ।

तरुण दलले शान्तिबाटिका, रत्नपार्कबाट विशेष प्रदर्शन गरेको थियो। शान्तिबाटिकाबाट सुरु भएको तरुणहरूको र्‍याली विभिन्न स्थानको परिक्रमा गर्दै खुला सभास्थल हुँदै प्रदर्शनीमार्गमा आइपुगेको थियो।

र्‍यालीको नेतृत्व तरुण दलका अध्यक्ष विद्वान गुरुङले गरेका थिए। गुरुङसँगै पूर्वअध्यक्ष उदयशम्शेर राणा, जीतजङ्ग बस्नेत, कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा लगायतको उपस्थिति रहेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 26, 2024| 21:51 आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्